arrow

ट्रम्पलाई हराउँदै जो वाइडेन भए अमेरिकाको ४६औं राष्ट्रपति

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
joe-biden.jpg

काठमाडौं। डेमोक्र्याटिक दलका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा बिजयी भएका छन् । बाइडेनले रिपब्लिकन दलका प्रतिष्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बिजयी भएका हुन् । त्यसैगरि अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी छिन्। 

विगत ४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न ७८ बर्षिय वाइडेन लामोसमय सिनेटर भएर काम गरेका थिए । उनी अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका बेलामा उपराष्ट्रपति थिए । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्टोरल मत भन्दा २० बढी २९० मत वाइडेनले ल्याएका छन् ।

बाइडेनको बिजयीसंगै डेमोक्रेटले अमेरिकी माथिल्लो सदन सिनेटमा ४८ सिट र तल्लो सदनमा कूल २१३ सिट ल्याउन सफल भएको छ । सिनेटमा बहुमत ल्याउन ५१ सिट प्राप्त गर्नु पर्ने हुन्छ भने प्रतिनिधि सभामा २१८ ल्याएमा बहुमत हुने छ ।

बाइडेनललाई  कूल लोकप्रिय मत ७ करोड ४३ लाख प्राप्त भएको छ । अर्थात् उनले ५०.५ प्रतिसत पपुलर भोट प्राप्त गर्न सफल भए । यसैगरि ट्रम्पले ४८ प्रतिशत अर्थात ७ करोड २० लाख लोकप्रिय मत प्राप्त गरेका छन् ।

२० नोभेम्बर १९४२ मा जन्मिएका जो बाइडेन अर्थात जोसेफ रोबिनेट बाइडेन जुनियर आफ्नो राजनीतिक करिअरकै क्रममा सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्तराज्य अमेरिकाको उपराष्ट्रपति थिए । उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ