arrow

कोरोना भाइरसः तीन दिनमा बढे १८ लाख ३३ हजार बढी संक्रमित, साढे पच्चीस हजारको मृत्यु 

५ करोड २ लाख ४२ हजार १७ जना संक्रमित, मृतकको संख्या १२ लाख ५५ हजार ६१६, सक्रिय संक्रमित १ करोड ३४ लाख ४५ हजार भन्दा बढी

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
corona-worldwide.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित लगातार बढिरहेका छन् । बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १८ लाख ३३ हजार भन्दा बढी संक्रमित थपिएका छन् । कहाली लाग्दै शैलीमा संक्रमित थपिएका हुन् । 

शुक्रबार कहाली लाग्दो स्थितिमै पुग्ने क्रममा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका थिए । शुक्रबार ६ लाख २३ हजार ३११ संक्रमित थपिएका थिए । यो आँकडा कोरोना भाइरस सुरु भएदेखिकै अहिलेसम्मकै बढी हो । 

यसअघि बिहीबार त्यतिन्जेलसम्मकै बढी ६ लाख १७ हजार ३८३ जना संक्रमित थपिएका थिए । शनिबार केही घटेर ५ लाख ९३ हजार भन्दा बढी संक्रमित थपिएका छन् । 

मृतक पनि तीन दिनमा २५ हजार ५ सय जना थपिएका छन् । बिहीबार ८ हजार ८१५, शुक्रबार ९ हजार २०२ र शनिबार ७ हजार ४२४ जनाको ज्यान गएको छ । 

अहिलेसम्म विश्वभर ५ करोड २ लाख ४२ हजार १७ जना संक्रमित भइसकेका छन् । मृतकको संख्या १२ लाख ५५ हजार ६१६ पुगेको छ । ३ करोड ५५ लाख ४१ हजारलाई निको भएको छ । सक्रिय संक्रमित १ करोड ३४ लाख ४५ हजार भन्दा बढी रहेका छन् । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा दैनिक नयाँ रेकर्ड नै बनेको छ । 
शुक्रबार अमेरिकामा एकै दिन १ लाख ३२ हजार ५४० जना संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै कुनै पनि देशको आँकडा सबैभन्दा बढी हो । 

त्यसअघि बिहीबार १ लाख २३ हजार ७१८ जना संक्रमित अमेरिकामै थपिएका थिए । त्यो पनि रेकर्ड नै थियो । यसअघि बुधबार १ लाख ८ हजार ३८९ जना संक्रमित अमेरिकामै थपिएका थिए । त्यो पनि त्यतिन्जेलको रेकर्ड थियो ।  शनिबार भने १ लाख १९ हजार ४८६ जना संक्रमित थपिएका छन् । 

त्यस्तै फ्रान्समा शनिबार ८६ हजार ८५२ जना संक्रमित थपिएका छन् । लामो समयपछि भारतलाई लगातार तेस्रो दिन पनि उछिन्दै फ्रान्स दोस्रो स्थानमा पुगेको हो । 

भारतमा शनिबार ४६ हजार ३१८ जना थपिएका छन् । इटालीमा ३९ हजार ८११, पोल्यान्डमा २७ हजार ८७५, बेलायतमा २४ हजार ९५७, ब्रजिलमा २१ हजार ५६, रुसमा २० हजार ३९६, जर्मनीमा १७ हजार ११९, अर्जेन्टिनामा ८हजार ३७, बेल्जियममा ८ हजार ७०३ र ३४ औं स्थानको नेपालमा २ हजार ७५३ संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ