arrow

अमेरिकी चुनावः निर्वाचित भएपछि बाइडेनको पहिलो सम्वोधन 

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
joe-biden1.jpg

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले देशलाई एक जुट गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि देशवासीका नाममा पहिलो सम्वोधन गर्ने क्रममा डेलावेयरको विल्मिङटनमा उनले अब भएका घाउहरु भर्ने समय आएको बताएका छन् । 

शनिबार राति जितपछि पहिलो सम्वोधन गर्न उनी दौडिएर मन्चमा पुगेका थिए । चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीमाथि बुढ्याली लागेको आरोप लगाएका थिए । ७७ वर्षीय बाइडेनलाई ७३ वर्षीय ट्रम्पले बुढो भएको आरोप लगाएसँगै बाइडेनले पहिलो सम्वोधनमै देशलाई टुक्राउने र विभाजन गर्नुको सट्टा एक ढिक्का बनाउने प्रण गरेका छन् । 

उनले आफूले नैतिक जित निकालेको बताए । मार्टिन लुथर किंगले समेत यही बताएका थिए । उनले भने, ‘ध्यान दिएर सुन्नुहोला । आज अमेरिका बोलिरहेको छ । मैले राष्ट्रपतिको रुपमा देशलाई टुक्रा गर्नुको सट्टा एकजुट गर्नेछु ।’

बाइडेनले ट्रम्प र उनका समर्थकलाई सम्झाउँदै भने, ‘मलाई थाहा छ जसले ट्रम्पलाई भोट दिए उनीहरु आज निराश होलान् । मैले त कयौं पटक हारेको छु । यही लोकतन्त्रको सौन्दर्य हो । यहाँ सबैलाई मौला आउँछ । अब घृणा अन्त्य गरौं । एक अर्काका कुरा सुनौं र अगाडि बढौं ।’

उनले अगाडि भने, ‘विरोधीलाई दुस्मन सम्झन बन्द गरौं । किनकि हामी सबै अमेरिकी हौं । अब घाउ पुर्ने समय आएको छ । सबैभन्दा पहिलो कोभिड १९ नियन्त्रण गर्नुपर्नेछ । त्यसपछि आर्थिक र देशलाई सही दिशामा लैजानु पर्नेछ ।’

बाइडेनले अमेरिकाको अनेकतामा एकताको प्रसङ्ग उठाएका छन् । उनले भने, ‘मलाई गर्व छ । हामीले विश्वकै सबैभन्दा पुरानो लोकतन्त्रमा विविधता देख्यौं । उसकै बलमा जित्यौं । सबैको साथ पायौं । डेमोक्रेट्स, रिपब्लिकन, निर्दलीय, प्रगतिशील, रुढुवादी, युवा, वृद्धवृद्धा, ग्रामिण, शहरी, समलैङ्गिक, ट्रान्सजेन्डर, लेटिन, स्वेत, अस्वेत र एसियाली । हामीलाई सबैको समर्थन मिल्यो । क्याम्पेन निकै मुस्किल रह्यो । धेरै पटक न्यूनस्तरमा पनि गयो । अफ्रिकी अमेरिकी समुदाय हाम्रो साथमा खडा रह्यो ।’

उनले सम्वोधनका क्रममा आफ्नो परिवार र पत्नीलाई संघर्षमा साथ दिएकामा धन्यबाद समेत दिएका छन् । 

उनले २० जनवरीमा राष्ट्रपतिको सपथ ग्रहण गर्नेछन् । उनी ४६ औं राष्ट्रपति बन्नेछन् । ४८ वर्ष पहिले उनी सिनेटर चुनिएका थिए । उनले सम्वोधनका क्रममा उनले जनताबाट आफूले स्पष्ट जनादेश पाएको जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ