arrow

दिल्लीमा अझै डर

logo
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
corona-delhi1.jpg

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका संक्रमित अझै घटेका छैनन् । अन्य राज्यमा संक्रमितको संख्यामा कमी आइरहँदा दिल्लीमा भने हालका दिनमा दैनिक अन्य राज्यमा भन्दा बढी संक्रमित भेटिएका छन् । 

भारतमा आइतबार ४६ हजार ६६० जना संक्रमित थपिँदा दिल्लीमा सबैभन्दा बढी ७ हजार ७४५ जना संक्रमित थपिएका थिए । सोमबार भने भारतमा ३७ हजार २११ संक्रमित थपिएकामा दिल्लीका ५ हजार २३ जना हुन् । 

पछिल्लो समय भारतमा संक्रमित घट्दै गइरहेका छन् । तर दिल्लीमा भने लापरवाही बढी भएको पाइन्छ । मानिसहरु स्वास्थ्य मापदण्ड अपनाइरहेका छैनन् । जसको मार अहिले दिल्लीले भोगिरहेको छ । 

दिल्लीमा कुल संक्रमितको संख्या ४ लाख ४३ हजार ५५२ पुगिसकेको छ । दिल्लीमा ३९ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन् । दिल्लीमा सोमबार थप ७१ जनाको ज्यान गएको छ । दिल्लीमा मात्रै ७ हजार ६० को ज्यान गएको छ । 

भारतमा कुल संक्रमित ८५ लाख ९१ हजार ७५ पुगेका छन् । सोमबार ४५१ जना थपिएसँगै मृतकको संख्या १ लाख २७ हजार १०४ पुगेको छ । सोमबार ४१ हजार ४५० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने ७९ लाख ५७ हजार २०६ पुगेका छन् । भारतमा सक्रिय संक्रमित ५ लाख ४ हजार ९१६ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ