arrow

बिहार विधानसभाको चुनाव : एनडिएलाई अग्रता

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
nitish-_modi.jpg

पटना। भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडिए) ले झिनो अग्रता लिएको छ।

बिहारको कूल २४३ सदस्यीय विधानसभामा एनडिएले १२९ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४८, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन्।

पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कूल १०४ स्थानमा अग्रता बनाइरहेको छ। महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय काँग्रेसले १९, बामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन्।

बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताएका छन्। बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो। कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाई भएको आयोगले जनाएको छ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाई भएको समाचार छ।

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए। चुनाव आयोगले हाल ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ। बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ