arrow

रसियाको अध्यक्षतामा शाङ्घाई सहयोग संगठनको वार्षिक बैठक शुरु

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
sco-logo.jpg

नयाँदिल्ली। शाङ्घाई सहयोग संगठन (एससिओ) का सदस्य राष्ट्रहरुको भर्चुअल बैठक रसियाको अध्यक्षतामा मंगलबार शुरु हुँदैछ। कोरोनाभाइरसका कारण क्षेत्रीय तथा विश्वव्यापी रुपमा व्यापक असर परिरहेको सन्दर्भमा एससिओको वार्षिक बैठकमा यी विषयमाथि नै प्रमुख रुपमा छलफल गर्नेछ। एससिओका सदस्य राष्ट्र एवं सरकार प्रमुख सहभागी हुने यो २०औं बैठक हो।

बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा जारी सैनिक गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल गर्ने अनुमान गरिएको छ। दुबै देशबीच गत जुन महिनादेखि सीमा क्षेत्रमा तनावको स्थिति छ।

भारतले भने एससिओ बैठकमा पूर्ण सदस्यका रुपमा भाग लिएको यो तेस्रो पटक हो। भारतलाई सन् २००५ मा पर्यवेक्षक तथा सन् २०१७ मा पूर्ण सदस्य बनाइएको थियो। बैठक समाप्त भएपछि मस्कोबाट संयुक्त वक्तव्य जारी हुनेछ। बैठकमा संगठनका सदस्य राष्ट्रहरुले सामना गर्नु परिरहेका समस्या तथा सहयोगका क्षेत्रहरुका बारेमा विचार विमर्श हुने स्पुटनिक समाचार समितिले जनाएको छ।

बैठकमा सहभागी हुने अन्य नेताहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, मध्य एसियाली मुलुकहरु कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका नेताहरु रहेन भएका छन्।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एससिओ बैठकमा द्विपक्षीय मामिला उठाउनु संगठनको सिद्धान्त विपरीत हुने बताएका छन्। पाकिस्तानका प्रधानमन्त्रीको सम्बोधनप्रति अप्रत्यक्ष रुपमा असहमति जनाउँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय मामिलाका कुरा बैठकमा उठाउनु संगठनको भावना र सहमति विपरीतको कार्य हो भने।

उनले संयुक्त राष्ट्रसंघले ७५ वर्ष पूरा गरिसकेको सन्दर्भमा यसलाई बदलिँदो विश्व परिवेश बमोजिम यसको संगठन संरचनामा परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ