arrow

विहारमा चौथो पटक पनि भाजपा र जेडीयुको एनडीए गठवन्धनलाई वहुमत

मत सर्वेक्षणहरुलाई गलत सावित गर्दै मोदी नेतृत्वको एनडीए गठवन्धनले निकाल्यो जीत

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
nitish-_modi.jpg

काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो । चुनावी मतसर्वेक्षणहरुलाई गलत सावित गर्दै एनडीए गठवन्धन सरकार बनाउने अवस्थामा पुगेको हो। सबै सर्वेक्षणहरुले विहारमा आरजेडीको नेतृत्वमा सरकार बनाउने देखाइएको थियो । 

विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ । बहुमतका लागि चाहिने १२२ भन्दा बढी अर्थात सीटमा १२५ मा एनडीएले चुनाव जीतेपछि भाजपाले एनडीए गठवन्धनले सरकार बनाउने दावी गरेको हो ।

अघिल्लो चुनावमा भन्दा नितिश कुमारको जनता दल युनाइटेडले खराब प्रदर्शन गरेपनि भाजपाले भने चुनावी नतिजा राम्रो निकालेको छ । गठवन्धनमा जनता दल युनाइटेड भन्दा दोस्रो तहको भूमिकामा रहेको भाजपा अब भने गठवन्धनको प्रमुख दल भएको छ । 

राष्ट्रिय जनता दल आरजेडी र कांग्रेसको गठवन्धनले भने ११० सीटमा जीतेको छ । यद्यपी विहारको ठूलो दलको रुपमा भने ७५ सीटमा बिजयी हुँदै आरजेडी नै अगाडी आएको छ । त्यसपछि ७४ सीटमा जीट्ट निकाल्दै भाजपा दोस्रो ठूलो दलको रुपमा आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा एनडीएले चुनाव जीतेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् । विहारका लागि भाजपाका चुनाव प्रभारी देवेन्द्र फण्नविसले ट्वीट गर्दै विहारले जंगलराज नचाहेको प्रष्ट सन्देश दिएको बताए। विजेपीले आफ्नो केन्द्रीय मुख्यालय दिल्लीमा प्रधानमन्त्री मोदीको उपस्थितिमा विजयउत्सब मनाउने तयारी गरेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ