arrow

कोरोना भाइरसः फेरि बढे संक्रमित र मृतक, अमेरिकामा अर्को रेकर्ड 

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
corona-brazil1.jpg

काठमाडौं । फेरि विश्वभर कोरोना भाइरसका संक्रमित बढेका छन् । सोमबार चार लाख ८१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएकामा मंगलबार ५ लाख ४२ हजार ९४ जना संक्रमित थपिएका छन् । केही दिनको तुलनामा संक्रमित घट्दै गइरहँदा मंगलबार फेरि बढेका हुन् । 

मंगलबार सबैभन्दा बढी ९ हजार १ सय ८६ जनाको ज्यान गयो । यो एकैदिनको सबैभन्दा बढी हो । सोमबार ६ हजार ८ सयको ज्यान गएको थियो । अहिलेसम्म विश्वमा ५ करोड १७ लाख ९६ हजार ७४९ जना भन्दा बढी संक्रमित भइसकेका छन् । मृतकको संख्या १२ लाख ७८ हजार ५३४ पुगेको छ । निको हुनेको संख्या ३ करोड ६३ लाख ८५ हजार ६९२ रहेका छन् । सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार भन्दा बढी रहेको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा मंगलबार सबैभन्दा बढी संक्रमित थपिए । एकैदिन १ लाख ३५ हजार ५७४ जना संक्रमित थपिएका हुन् । सोमबार १ लाख २५ हजारको हाराहारीमा संक्रमित सोमबार थपिएका थिए । कुल संक्रमितको संख्या एक करोड ५ लाख ५९ हजार १८४ पुगेको छ । 

केही महिनाको तुलनामा अमेरिकामा मंगलबार सबैभन्दा बढी १ हजार ३४५ जनाको ज्यान गएको छ । सोमबार ६४१ मृतक थपिएका थिए । हालसम्म अमेरिकामा संख्या २ लाख ४५ हजार ७९९ को ज्यान गइसकेको छ । 

दोस्रो स्थानको भारतमा मंगलबार ४४ हजार ६७९ संक्रमित थपिएका छन् । पछिल्लो समय संक्रमित घट्दै गइरहेका छन् । कुल संक्रमित ८८ लाख ३५ हजार ७५४ पुगेका छन् । मंगलबार ५११ जना थपिएसँगै मृतकको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ । 

तेस्रो स्थानको ब्रजिलमा १ लाख ६२ हजार८४२, चौथो फ्रान्समा ४२ हजार २०७, पाँचौं रुसमा ३१ हजार १६१, छैटौं स्पेनमा ३९ हजार ७५६, सातौं अर्जेन्टिनामा ३४ हजार १८३ र आठौं बेलायतमा ४९ हजार ७७९ जनाको ज्यान गइसकेको छ । 

३४ औं स्थानको नेपालमा मृतक १ हजार १४८ पुगेका छन् । यो सरकारी तथ्यांक भए पनि मृतक १८ सयको हाराहारीमा पुगिसकेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ