arrow

बिहारमा बीस वर्षपछि भाजपा ‘बिग ब्रदर’, नरेन्द्र मोदी छाए

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
narendra-modi.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले सफलता हासिल गरेका छन् । कोरोनाका कारण मोदीको सरकारले सफलता हासिल नगर्ने भन्ने एक्जिट पोलको निष्कर्षलाई बिफल बनाउँदै बिहारवासीले मोदी सरकारलाई जिताएका हुन् । 

बिहारमा तेस्रो पटक राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकार बन्ने निश्चित भएको छ । बिहारी जनताले फेरि सरकार बनाउने जनादेश एनडीएलाई दिएका हुन् । २४३ विधानसभा सिटमा सरकार बनाउन १२२ सिट ल्याए पुग्नेमा एनडीएले १२५ सिट ल्याएको छ । 

एनडीएसँग कडा टक्कर दिन खडा भएको महागठन्धन भने अन्तिम समयमा आएर पछि परेको छ । महागठबन्धन ११० सिटमा सीमित भएको छ । एक्जिट पोलले भने महागठबन्धनले जित्ने दावी गरेको थियो । 

महागठबन्धनका युवा नेता तेजस्वी यादव (पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा) लाई नै मुख्यमन्त्रीको रुपमा हेरिएको थियो । उनले भारी मतले जिते पनि महागठबन्धनलाई भने जिताउन सकेनन् । 

राष्ट्रिय जनता दल आरजेडीले सबैभन्दा बढी ७५ सिट जितेको छ । मोदीको भारतीय जनता पार्टीले ७४ सिट जितेको छ । जनता दल युनाइटेड भने ४३ सिटमा खुम्चिएको छ । त्यस्तै भारतीय कांग्रेस आई १९ सिटमा समेटिएको छ । 

कम्युनिष्ट पार्टी अफ इन्डियाले १२ सिट जित्दा अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले ५ सिट जितेको छ । 

जितसँगै नरेन्द्र मोदीले बिहारीलाई धन्यवाद दिएका छन् । 

तर यसपटक १५ वर्षदेखि मुख्यमन्त्री रहेका नीतिश कुमारको कद भने होचो भएको छ । उनी सातौं पटक मुख्यमन्त्री बन्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ