arrow

नीतिश कुमार सातौं पटक मुख्यमन्त्री, कहिले बने पहिले ? 

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
nitish-kumar.jpg.jpeg

काठमाडौं । भारतको राज्य बिहारमा नीतिश कुमार सातौं पटक मुख्यमन्त्री बन्दैछन् । उनलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याएसँगै उनी सातौं पटक मुख्यमन्त्री बन्न लागेका हुन् । 

लालुप्रसाद यादव र उनकी पत्नी रावडीदेवीको नेतृत्व खोस्दै नीतिश कुमार निरन्तर बिहारमा राज गर्न सफल भइरहेका छन् । एनडीएले २४३ मध्ये १२५ सिट ल्याएको छ भने लालुका छोरा तेजश्वीलाई अगाडि सारेको महागठबन्धनले ११० सिटमात्र जित्न सक्यो । 

नीतिश कहिले बने मुख्यमन्त्री ? 
उनले सबैभन्दा पहिले सन् २००० को ३ मात्रमा पहिलो पटक मुख्यमन्त्रीको सपथ लिएका थिए । तर बहुमत नभएसँगै उनले केबल सात दिनमात्र सरकार टिकाउन पाए । 

उनी दोस्रो पटक सन् २००५ को २४ नोभेम्बरमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिए । 

तेस्रो पटक उनले २०१० को २६ नोभेम्बरमा सपथ लिएका थिए । 

चौथो पटक सन् २०१५ को २२ फेब्रुअरीमा उनी मुख्यमन्त्रीको सपथ लिन सफल भए । 

पाँचौं पटक राजदसँग गठबन्धन गरेर उनले मुख्यमन्त्रीको सपथ लिए । 

राजदसँग सम्बन्ध तोडेर उनले सन् २०१७ को जुलाई २७ मा भाजपासँग गठबन्धन गरेर छैटौपटक नीतिश कुमारले मुख्यमन्त्रीको सपथ लिए ।

अहिलेसम्म उनी नै मुख्यमन्त्री छन् र फेरि पनि मुख्यमन्त्री बन्ने छन् । नीतिशले यो अन्तिम पटक चुनाव लडेको बताएका छन् । अथवा उनी सातौं पटक मुख्यमन्त्री भएपछि अर्को पटक लड्ने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ