arrow

बाइडेनको जितमा किन मौन छ चीन ?

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
xi-jin-ping-china-president.jpg

काठमाडौं। विश्वभरका मुलुकहरुले अमेरिकी राष्ट्रपतिमा जोय बाइडेनलाई बधाइ दिदै उनको जीतमा खुसी मनाइरहेका छन्। तर, बाइडेनको जितमा चीन मौन छ । चीनले कुनै आधिकारीक वक्तव्य नै निकालेको छैन् । यति मात्रै हैन्, अमेरिकाका लागि चिनियाँ राजदुत कुई टियानकाईले समेत बाइडेनलाई बधाइ दिएको छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबलटाइम्सले समेत बाइडेनलाई कुनै बधाइ दिएको छैन् ।

यसबाट चीन ट्रम्पबाट अझैं डराएकै अवस्थामा रहेको हो की भन्ने देखिएको छ । आउँदो जनवरी २० सम्म ट्रम्प अझैं ह्वाइट हाउसमै रहन्छन् । अब, ट्रम्पसँग गुमाउनका लागि केही छैन्, र उनी अहिले पहिलाभन्दा झनै शक्तिशाली भएका छन् । यसबाहेक ट्रम्पले आफ्ना उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गर्नुअघि चीनमाथि अझैं कडा निर्णयहरु लिनसक्ने अनुमान गरिएको छ।

ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरण गर्नुअघि विभिन्न किसिमका चालहरु चल्ने अनुमान गरिएको छ। जस्तै कि दुईदिन अघि मात्रै अमेरिकी ट्रम्प प्रशासनले इस्ट तुर्कीस्तान इस्लामीक मुभमेन्ट संगठनलाई आतंककारी संगठनको सूचीबाट हटाएको छ । चीनको सिनजियांगमा रहेका उइगुर मुस्लिमहरुबाट सञ्चालित यो संगठनलाई चीनले आतंकारी सुचिमा राखेको थियो, तर अमेरिकाले सो संगठनलाई करिब २ दशकपछि उक्त सूचीबाट हटाएको हो ।

खासगरि चीनको सिनजियांगमा सञ्चालीत यो संगठनलाई आतंककारी संगठन भन्दै आतंकको न्युनिकरणका लागि यातना शिविरहरु सञ्चालन गरेको बताउँदै आएको थियो । तर,अब यो संस्थालाई आतंककारी संगठनबाट हटाएसँगै चीनले मानवअधिकारविरोधी यातना शिविरहरु सञ्चालन गर्न पाउने छैन् भने बाइडेन प्रशासनले समेत यो निर्णयलाई उल्ट्याउन पाउने छैन् ।

समग्रमा भन्नुपर्दा ट्रम्प प्रशाासनले आफ्नो कार्यकालको अन्त्यतिर यस्ता निर्णयहरु गर्दैछन्, जुन बाइडेन प्रशासनले सजिलै उल्ट्याउन सक्नेछैन् । यसबाहेक ट्रम्पले चिनियाँ केन्द्रिय स्वामित्वका कम्पनीहरुमाथि अझैं प्रतिबन्ध लगाउने, सैन्य निर्यात रौक्ने, दक्षिण चीन सागरको विषयलाई अझैं खुकुलो बनाउने एवं ताइवानसँगको सम्बन्धलाई अझैं बलियो बनाउँने जस्ता निर्णयहरु गर्नसक्छन् ।

ट्रम्पले यसअघि नै चीनले कोरोना भाइरस फैलाएको भन्दै यसको बदला लिने बताएका थिए । त्यसकारण ट्रम्पले ह्वाइट हाउस छोड्नुअघि ठूलो झड्का दिन सक्छन् जुन चीनप्रति निकै घातक हुनेछ । यसकारण चीनले बाइडेनको जीतमा कुनै कुरा निकालेको छैन् । उसो त अमेरिकामा डेमोक्र्याट अथवा रिपब्लिकन जोसुकै सत्तामा भएपनि चीनको पक्षमा भने एउटै किसिमको धारणा अघि सार्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ