arrow

कोरोना भाइरसः एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमित र मृतक थपिए, अमेरिकामा रेकर्ड

logo
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
corona-india19.jpg

काठमाडौं । विश्वमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित र मृतक थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६ लाख १३ हजार ७४१ जना संक्रमित थपिए । त्यसैगरी एकै दिन अहिलेसम्मकै बढी १० हजार १८४ जनाको ज्यान गएको छ । 

सबैभन्दा बढी अमेरिकामा अहिलेसम्मकै बढी १ लाख ४२ हजार ८०८ जना संक्रमित थपिएका छन् । लगातार एक हप्ता भन्दा बढी अमेरिकामा दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिएका छन् । अमेरिकामा बुधबार भेटिएका संक्रमित अहिलेसम्मकै धेरै हुन् । १ हजार ४७८ जनाको ज्यान गयो । 

बुधबार भारतमा ४८ हजार २८५, ब्रजिलमा ४७ हजार ७२४, फ्रान्स ३५ हजार ८७९, इटालीमा ३२ हजार ९६१, पोल्याण्डमा २५ हजार २२१,  बेलायतमा २२ हजार ९६१, जर्मनीमा २० हजार ५३६, रुसमा १९ हजार ८५१ र स्पेनमा १९ हजार ९६ जना संक्रमित थपिए ।

भारतमा ५५०, ब्रजिलमा ५६४, बेलायतमा ५९५, इटालीमा ६२३, रुसमा ४३२, फ्रान्समा ३२८, मेक्सिकोमा ६२३, इरानमा ४६२, पोल्याण्डमा ४३० र जर्मनीमा २२२ जनाको एकै दिन ज्यान गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ