arrow

काबुल बम बिस्फोटमा पत्रकारको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
afgansitan.jpg.jpeg

काबुल । काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । 

प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको हो । अफगानिस्तानका संचारकर्मीहरुले दुबै घटना स्वतन्त्र पत्रकारिताका विरोधी समूहबाट भएको बताएका छन् । 

हेल्मन्डका पत्रकार जावेद तनविरले दुबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न व्यक्तिहरु स्वतन्त्र प्रेस विरोधी रहेको बताए । नोभेम्बर ७ मा काबुलमा समाचार प्रस्तोता यामा सियावाशको माक्रोरायान–ए–चर इलाकामा बम बिस्फोटमा ज्यान गएको थियो । उक्त बम बिस्फोटमा सियावाश सहित अरु दुई व्यक्ति मारिएका थिए । उनीहरु अफगान केन्द्रीय बैंकको एउटा सवारी साधनमा सवार थिए । 

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारको शान्तिवार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरुमा कमी आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ