arrow

पाकिस्तानमा बलात्कार सम्वन्धी दैनिक एघार घटना

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
Rape-Cases.jpg

इस्लामावाद । पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ ।पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् ।  

ती मध्ये ७७ ओटा अर्थात् ०.३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युले समाचार सम्प्रेषण गरेको छ । यो विवरण पाकिस्तानको प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायतका निकायहरुले तयार पारेका हुन् ।
 
प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन् । सामाजिक अवस्था र पारिवारीक कारणले गर्दा बलात्कार सम्वन्धी घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीहरुको अनुभव छ । 

सामाजिक दवाव र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीमाथी कारबाही कम हुने गरेको उनीहरुले बताउने गरेका छन् । सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ ओटा बलात्कारसम्वन्धी घटना दर्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । ती मध्ये चार हजार ६० उजुरी अझै पनि कारबाही कै चरणमा रहेका छन् । 

प्रहरीले घटना भएका सवै दर्ता भएको भए पाँच बर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ ।  कुल दर्ता भएका उजुरीहरु मध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ