arrow

तिहारको चौथो दिनः गाई, गोरु र गोबद्र्धन पूजा गरिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
cow-god-1.jpg

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ ।

तिथी घटबढका कारण आइतबार एकैदिन गाई, गोरु र गोबद्र्धन पूजा एकै दिन गर्न लागिएको हो । पहिलो दिन बिहीबार दीपदानमात्र गरिएको थियो । शुक्रबार कागपूजा गरिएको थियो । शनिबार बिहान कुकुर तिहार मनाइएको थियो भने साँझ लक्ष्मी पूजा गरिएको थियो । 

सोमबार भाइटीका लगाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यसैगरी आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोबद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ