arrow

अमेरिकामा कोरोना भाइरसको डरलाग्दो रुप

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
corona-usa.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसले डरलाग्दो रुप लिएको छ । शुक्रबार अमेरिकामा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १ लाख ८७ हजार ८९९ जना संक्रमित थपिएका थिए । त्यस्तै शनिबार १ लाख ५७ हजार ८१ संक्रमित थपिएका छन् । 

वल्डोमिटर्सडटइन्फोका अनुसार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित एक दिनमा थपिएको रेकर्ड बनेको हो । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १ करोड, १२ लाख २६ हजार ३८ रहेको छ । 

२ लाख ५१ हजार २५६ जनाको ज्यान गइसकेको छ । अहिले पनि अमेरिकामा ४० लाख ८७ हजार ७६७ जना सक्रिय संक्रमित रहेका छन् । 

सबैभन्दा बढी टेक्सासमा १० लाख ८७ हजार संक्रमित भएका छन् भने २० हजार ६४ जनाको ज्यान गएको छ । इलिनोइसमा पछिल्लो समय संक्रमित बढेका छन् । त्यस्तै क्याफिफोर्निया, प्mलोरिडा, न्यूयोर्क, जर्जिया, नर्थ क्यारोलिना, विसकोन्सिन, टेनेसी, ओहियो, न्युजर्सी, मिचिगन , इन्डियाना लगायतमै संक्रमितहरु बढेका छन् । केही राज्यमा मात्र संक्रमित थपिएका छैनन् । 

अमेरिकी अस्पतालमा एक पटक फेरि संक्रमितको संख्या बढेको छ । ओरेगन र मिसिगनमा पछिल्लो समय तीव्र गतिमा संक्रमित फैलिएका छन् । त्यहाँ प्रतिबन्ध पनि लगाइएको छ । १० राज्यमा बढी नै स्थिति खराब रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ