arrow

महाराष्ट्रमा आठ महिनापछि मन्दिर खुल्ने 

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
maharastra-uddab-thakare-ch.jpg

काठमाडौं । भारतको महाराष्ट्रमा आठ महिनापछि मन्दिर खुल्ने भएका छन् । महाराष्ट्रमा सबै धार्मिक स्थल सोमबारदेखि खुल्ने भएका हुन् । कोरोना भाइरसको महामारीका कारण गत १८ मार्चदेखि महाराष्ट्रमा सबै मन्दिर बन्द रहेका थिए । मन्दिर खुल्ने विषयमा मुख्यमन्त्री उद्धव ठाकरे र राज्यपाल भगत सिंह काश्यारीबीच पत्र आदानप्रदानसमेत भएको छ । 

भारतमा कोरोना भाइरसको महामारी नरोकिए पनि मापदण्ड अपनाएर विभिन्न क्षेत्रहरु खोलिएको छ । भारतभर ८८ लाख १४ हजार ९०२ संक्रमित छन् । ८२ लाख ३ हजार ७३७ जना कोरोनामुक्त भएका छन् भने ४ लाख ७९ हजार ५३३ जना सक्रिय संक्रमित छन् । 

भारतमा १ लाख २९ हजार ६७४ जनाको कोरोनाबाट ज्यान गइसकेको छ । सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । त्यहाँ १७ लाख ४४ हजार ६९८ जना संक्रमित हुँदा ८५ हजार ५०३ जना अझै सक्रिय छन् । ४५ हजार ९१४ जनाको ज्यान कोरोनाबाट गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ