arrow

बेलायतले ब्रेक्जिटपछिको सम्झौताबारे अडान परिवर्तन नगर्ने

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
brexit-eu-uk.jpg

ब्रसेल्स । बेलायतले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनपछिको सम्बन्धका लागि गरिने सम्झौता आधार परिवर्तन नहुने इयूका लागि बेलायतका प्रमुख वार्ताकार ड्याभिड फ्रस्टले आइतबार ब्रसेल्समा बताए ।

“हामीले सम्झौताका लागि निरन्तर वार्ता गरिरहेका छौँ । सम्झौताका लागि बेलायतको सार्वभौमसत्ता र हाम्रा कानुन, व्यापार र हाम्रो पानी (समूद्र) को अधिकार विपरित हसने गरी सम्झौता सम्भव नहुने र यो मैले निरन्तर बताउँदै आएको छु । यसमा परिवर्तन हुन सम्भव छैन ।” 

फ्रस्टले भने आफू र आफ्नो इयू समकक्षी मिसेल बार्नियरबीच बेलायती समय अनुासार आइतबार नै अपरान्ह छलफल हुने बताए ।

उनले भने, “आगामी केही दिन सम्झौताका आधार निर्माणका लागि वार्ता गर्ने प्रसङ्ग महत्वपूर्ण छ । वर्षको अन्त्यसम्म बेक्जिट सम्झौतापछिको संक्रमणकालीन अवस्था सकिने हुँदा यसैबीच सहमति निर्माण हुनु जरूरी छ । 

उनले सम्झौताका लागि केही प्रगति भएको छ । महत्वपूर्ण विषयहरू अझै टुङ्गोमा पुग्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ