arrow

मेक्सिकोमा १० लाखभन्दा बढी संक्रमित

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
roman-catholic-church-mexico.jpg

मेक्सिको सिटी । मेक्सिकोमा कोभिड–१९ संक्रमितको सङ्ख्या शनिबार १० लाखभन्दा बढी पुगेको मेक्सिको सरकारले जनाएको छ ।

विगत २४ घण्टामा मेक्सिकोमा कूल पाँच हजार ८६० व्यक्तिमा थप संक्रमण पुष्टि भएको र यो संगै अहिलेसम्म १० लाख तीन हजार २५३ व्यक्ति संक्रमित भएका स्वास्थ्य मन्त्रालयका रिकार्डो कोर्टसले भने ।

मेक्सिकोमा आइतबारसम्म ९८ हजार २५९ व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा मेक्सिकोमा ६३५ कोभिड–१९ संक्रमितको मृत्यु भएको थियो ।

मेक्सिको अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का कारण बढी मृत्यु दर रहेको मुलुक हो । मेक्सिको संक्रमणका हिसाबले ११ औँ बढी प्रभावित मुलुक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ