arrow

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर १ सोमबार
philippines-cyclon.jpg

मनिला। फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ। आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन्। त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ