arrow

आँधीमा सटसठ्ठी जनाको मृत्यु, बाह्र हराए

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर १ सोमबार
typhoon-philippines.jpg

मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या सटसठ्ठी पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या सटसठ्ठी पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ