arrow

ग्यास बोकेको ट्याँकर बिस्फोट, चौध जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर २ मंगलबार
peru-tanker-accident.jpg

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक-गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो ।

बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ