arrow

डोनाल्ड ट्रम्प अतिवादतिरै, रिपब्लिकनहरुको गम्भीर आपत्ति 

इराक र अफगानिस्तानबाट सैनिक कटौती योजना नबनाउन चेतावनी, बाइडेन ह्वाइटहाउस छिर्नु पाँच दिनअघि कटौटी गर्ने योजना

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
donald-trump2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा पराजित भइसकेका डोनाल्ड ट्रम्पले आफ्नो इच्छाअनुसार योजनाहरु अगाडि सारिरहँदा उनकै पार्टीका नेताहरुले समेत आपत्ति जनाउन थालेका छन् । सामान्यत राष्ट्रपतिको निर्वाचनपछि अर्को राष्ट्रपति आउने निश्चित भएपछि जनवरी २० तारिखसम्म वर्तमान राष्ट्रपति काम चलाउ हुन्छ । तर ट्रम्पले भने आफ्नो अतिवादलाई छाडेका छैनन् । 

उनले अहिलेसम्म चुनावमा आफूले हारेको स्पष्ट स्वीकारसमेत गरेका छैनन् जबकी डेमोक्रयाट नेता जो बाइडेनले ट्रम्पलाई भारी अन्तरले हराइसकेका छन् । यो अतिवादी र हठ त्याग्न नसकेका ट्रम्पले अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने योजना बनाएपछि स्वयं उनकै पार्टी रिपब्लिकनका वरिष्ठ नेताहरुले आपत्तिसहित चिन्ता ब्यक्त गर्दै ट्रम्पलाई सचेत गराएका छन् । 

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा तैनाथ २५ सय अमेरिकी सेना कटौती गर्ने जनाएसँगै वरिष्ठ रिपब्लिकनहरुले चिन्ता ब्यक्त गरेका हुन् । रक्षा मन्त्रालयले दुवै देशका सेना घटाउने तयारी भइरहेको पुष्टि गरिसकेको बीबीसीले लेखेको छ । 

अमेरिकी माथिल्लो सदनका नेता भिच म्याकोनेलले ट्रम्पको योजना गलत भएको भन्दै राष्ट्रपति पद त्याग गर्नु अघि रक्षा र विदेश नीतिमा परिवर्तन नगर्न चेतावनी समेत दिएका छन् ।

उनले यो योजनालाई ‘एउटा गल्ती’ भनेका छन् । ट्रम्प प्रशासनले यो निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

उक्त कटौती राष्ट्रपतिमा निर्वाचित बाइडेन ह्वाइट हाउस प्रवेश गर्नु पाँच दिनअघि आगामी जनवरीमा हुने तय भएको छ।

म्याकोनेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन् । उनीहरुध्ये केहीले त्यसो गर्नु गल्ती हुने बताएका छन् ।

अमेरिकी नेतृत्वको सेनाले सन् २००३ मा इराक कब्जा गर्दै तत्कालीन राष्ट्रपति सद्दाम हुसैनलाई हटाएको थियो । अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी सेना तैनाथ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ