arrow

मुम्बई आतंककारी हमलाका पीडितहरुप्रति इजरायलको सम्मान र सहानुभुती

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
israel2.jpg

काठमाडौं । इजरायलको सोम्ब्रे समारोहमा मुम्बइ आतंकारी हमलाका मृतकहरुप्रति श्रृद्धासुमन व्यक्त गरिएको छ । इजरायलले नोभेम्बर २६का दिन भएको आतंककारी हमलाका पीडितहरुप्रति सम्मान व्यक्त गर्दै भारतको दुखमा ऐक्यबद्धता जनाएको हो। 

यहुदी पात्रो अनुसार मुम्बइ हमलाको १२ औं वर्ष मंगलबार परेको थियो । इजरायलका रब्बि गेभ्रियल र गेभ्रियल हल्जबर्गले मुम्बइ आतंकारी हमलामा ज्यान गुमाएका थिए । उनीहरुको स्मृतिमा प्रत्येक वर्ष विश्वभरका करिब ४ हजार यहुदी केन्द्रमा मुम्बई अट्याकका दिनको स्मृतीमा श्रृद्धासुमन व्यक्त गरिन्छ।

यसवर्ष कोरोना भाइरसको महामारीका कारण भर्चुअल रुपमा मृतकहरुप्रति श्रृद्धासमुन व्यक्त गरिएको चाबड हाउस (यहुँदी प्रचारक केन्द्र)का प्रमुख रब्बी जलमान गोर्लिकले बताएका छन् । मुम्बइको नारिमान पोइन्ट स्थित चाबड हाउस पनि मुम्बइ हमला गर्ने आतंकारीहरुको एक निशानाका रुपमा रहेको थियो । 

सन् २००८ को नोबेम्बरमा पाकिस्तान केन्द्र भइ संचालित लस्कर ई तैयब आतंकारी समुहका आतंकारीहरुले मुम्बइमा १२ वटा आतंककारी हमलाहरु गरेका थिए । सो घटनामा कम्तिमा १ सय ६६ जनाले ज्यान गुमाएका थिए, जसमध्ये ६ जना चाबड हाउसमा यहुदी थिए भने ९ जना आतंकारीहरु मारिएका थिए । त्यस्तै ३ सयभन्दा बढी घाइते भएका थिए ।

१२ वर्षअघि भएको यो भयंकर घटनाले पूरै विश्वलाई तरंगित पारेको थियो । गोर्लिकले यस विषयमा भारत इजरायलको एक महत्वपूर्ण र गौरवमय मित्र भएकोमा खुसी व्यक्त गरेका छन् ।

भारतीय मिसनका उप प्रमुख अनिता नन्धिनीले मुम्बइ हमलामा जीवन गुमाएकाहरुप्रति श्रद्धासुमन प्रकट गर्दै भारतको दुखसुखको सहयोगी मित्रका रुपमा इजरायललाई धन्यवाद ज्ञापन गरेका थिइन । आतंकारीहरुले भारतको प्रजातन्त्र, खुला समाज, संस्कृति लगायतका कुराहरुमाथि दमन गर्न खोजेको थियो, तर त्यो असफल भयो’ नन्धिनले भनिन् । भारतले यस्ता आतंकारी हमलाहरुको विरोध गर्दै आइरहेको र अब, यस्ता घटना दोहरिन नदिने उनले बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ