arrow

नेकपाको राजनीतिमा चिनियाँ हस्तक्षेपप्रति युथ कांग्रेसको बिरोध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
youth-congress-protest.jpg

काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक लडाइँमा चिनियाँ राजदूतकाे प्रत्यक्ष हस्तक्षेपप्रति बिरोध शुरु भएको छ । सामाजिक संजालमा चिनियाँ राजदुत होउ यान्छी तथा दुतावासको सक्रियताको आलोचना भइरहँदा युथ कांग्रेसले विज्ञप्ती निकालेरै बिरोध जनाएको छ ।

युथ कांग्रेसले नेपालको राजनीतिक दलको आन्तरिक द्वन्दको व्यवस्थापनमा चिनियाँ हस्तक्षेप अस्वीकार्य रहेको जनाएको छ। युथ कांग्रेसले भनेको छ, ' कुटनीतिक मर्यादा विपरित पटकपटक भएको यस्तो हस्तक्षेपको घाेर भत्सर्ना गर्दछौं ।'

युथ कांग्रेसले सरकार तथा चिनियाँ दुतावासको ध्यानाकर्षण गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न भनेको छ। युथ कांग्रेसले सम्बन्धित पक्षहरुलाई नेपालको परराष्ट्र नीतिको मूल मर्मको रुपमा रहेको संविधानमा उल्लेखित पंचशिलमा आधारित असंलग्न परराष्ट्र नीति एवं अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको अवज्ञा नगर्न सरकार र चिनियाँ दुतावासलाई सम्झाएको छ। 

सार्वभौमसत्ता र स्वत्नत्रताको रक्षाको लागि सरकारलाई अभिभावकीय भूमिका खेल्न सचेत गराउँदै युथ कांग्रेसले देशको आत्मसम्मान र परराष्ट्र नीतिका सिद्धान्तहरुलाई कुनै व्यक्ति वा पार्टीका रुपमा समेत अवज्ञा नगरि सम्मान गर्न भनेको छ । यस्ता खालको वैदेशिक हस्तक्षेपलाई भविष्यमा रोक्न युथ कांग्रेसले माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ