arrow

कोरोना भाइरसः फेरि बढे संक्रमित र मृतक, एक लाख बढी गम्भीर

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
corona-italy.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित फेरि बढेका छन् । बुधबार ६ लाख ५ हजार संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन सबैभन्दा बढी १० हजार ८४८ जनाको ज्यान गएको छ । यो एकैदिन सबैभन्दा बढी ज्यान गएको हो । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा बुधबार १ लाख ६९ हजार ४३३ जना थपिए । १ हजार ९०८ जनाको ज्यान गएको छ । हालसम्म अमेरिकामा १ करोड १८ लाख ६९ हजार ५२८ जना संक्रमित पुगेका छन् । मृतकको संख्या २ लाख ५६ हजार २०६ पुगेको छ । 

दोस्रो स्थानको भारतमा ४५ हजार ४३९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म ८९ लाख ५८ हजार १४३ जना संक्रमित पुगेका छन् । बुधबार ५८७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ । 

तेस्रो स्थानको ब्रजिलमा ३५ हजार ६४५ जना संक्रमित थपिएर ५९ लाख ४७ हजार ४०३ जना पुगेका छन् । ७५४ जना मृतक थपिएर १ लाख ६७ हजार ४९७ पुगेका छन् । 

चौथो स्थानको फ्रान्समा २८ हजार ३८३ संक्रमित थपिएर २० लाख ६५ हजार १३८ जना पुगेका छन् । मृतक ४२५ थपिएर ४६ हजार ६९८ पुगेका छन् । 

पाँचौं रुसमा २० हजार ९८५ जना थपिएर १९ लाख ९१ हजार ९९८ संक्रमित पुग्दा ४५६ मृतक थपिएर ३४ हजार ३८७ जना पुगेका छन् । 

बुधबार नवौं स्थानको इटालीमा ३४ हजार २८३, सातौं स्थानको बेलायतमा १९ हजार ६०९, १३ औं स्थानको जर्मनीमा २० हजार ८०१, १५ औं स्थानको पोल्याण्डमा १९ हजार ८८३ र ३६ औं स्थानको नेपालमा १ हजार ४४२ जना संक्रमित थपिएका छन् । 

बेलायतमा बुधबार ५२९, स्पेनमा ३५१, इटालीमा ७५३, अर्जेन्छिनामा २४१, पोल्याण्डमा ६०३ र जर्मनीमा २४४ जनाको ज्यान गएको छ । 

हाल विश्वभर ५ करोड ६५ लाख ४४ हजार ६९० जना संक्रमित पुगेका छन् । १३ लाख ५३ हजार ९१८ जनाको ज्यान गइसकेको छ । 

कोरोनामुक्त हुनेको संख्या ३ करोड ९३ लाख ३५ हजार ६६७ रहेको छ । हाल १ लाख १ हजार २१५ जना संक्रमितको अवस्था गम्भीर रहेको छ । एक लाख संख्या गम्भीर हुने रहेको यो पहिलो पटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ