arrow

कोरोना संक्रमित र मृतक बढेपछि दिल्लीमा कडाइ गरिँदै, केजरीवालले बोलाए सर्वदलीय बैठक

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
corona-india-delhi.jpg

काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै चिन्ता थपिएको छ । दिल्लीमा बुधबार संक्रमितको संख्या पाँच लाख नाघेको छ । अहिलेसम्म दिल्लीमा ५ लाख ३ हजार ८४ जना संक्रमित पुगिसकेका छन् । 

बुधबार मात्रै ७ हजार ४८६ जना संक्रमित थपिएका छन् । ६ हजार ९०१ जना कोरोनामुक्त हुँदा १३१ जनाको ज्यान गयो । राज्यको स्वास्थ्य विभागका अनुसार कुल संक्रमितमा अहिलेसम्म ४ लाख ५२ हजार ६८३ जना कोरोनामुक्त भइसकेका छन् । 

अहिलेसम्म ७ हजार ९०१ जनाको ज्यान गइसकेको छ । पछिल्लो १८ दिनमा १ लाख १० हजार नयाँ संक्रमित थपिएका छन् । १ हजार ३८१ जनाको ज्यान गएको छ । जुन अन्य राज्यको तुलनामा सबैभन्दा बढी हो । 

दिल्लीमा हाल ४२ हजार ४५८ जना सक्रिय संक्रमित छन् । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसका संक्रमित बढेसँगै यसलाई नियन्त्रण गर्ने प्रयास खोज्नका लागि बिहीबार सर्वदलीय बैठक बोलाएका छन् । बिहान ११ बजे बोलाइएको बैठकमा कोभिड १९ लाई नियन्त्रण गर्न कडा कदम चाल्नेबारेमा छलफल हुनेछ । उक्त बैठकमा भाजपा, कांग्रेसका नेताहरुसमेत सामेल हुनेछन् । 

संक्रमित बढेपछि दिल्ली सरकारले कोभिड १९ अस्पतालमा एमबीबीएस चौथो र पाँचौं वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न र बीडीएस डाक्टरलाई ड्युटीमा खटिन स्वीकृति दिएको छ । उनीहरुलाई ८ घण्टाको ड्युटीमा एक हजार र १२ घण्टाको ड्युटीमा दैनिक २ हजार भारु दिने निर्णय भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ