arrow

जम्मूमा चार आतंकवादी मारिए

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
terrorist3.jpg

काठमाडौं । भारतको जम्मूको नगरकोटामा सुरक्षाकर्मीहरुले बिहीबार बिहान चार जना आतंकवादीलाई मार्न सफल भएका छन् । चार आतंकवादीहरु ट्रकमा गोलाबारुद सहित श्रीनगर जाँदै थिए । 

सुरक्षाबलले नगरोटास्थित बन टोल प्लाजामा रोकेर आत्मसमर्पण गर्न भने पनि उल्टै आतंकवादीले आक्रमण गर्न थालेपछि जवाफी कार्वाहीमा ट्रक नै उडाइदिएको थियो । 

बिहान ४ः५० बजे सुरु भएको आक्रमण दुई घण्टासम्म चलेको थियो । उक्त इन्काउन्टरमा स्थानीय आर्मीको युनिटले सघाएको थियो । आतंकवादीहरुले सुरक्षाबलमाथि ग्रेनेट्स प्रहार गरेका थिए । उक्त क्रममा दुई पुलिस कन्सटेबल घाइते भएका छन् । 

चार आतंकवादीको पहिचान भने खुलेको छैन । उनीहरुको साथबाट ११ वटा एके–४७, ३ वटा पेस्तोल, २९ वटा ग्रेनेड, ६ वटा युबीजीएल ग्रेनड, मोबाइल फोन, कम्पास, ब्याग बरामद गरिएको छ । आतंकवादीहरुले विशेष कुनै योजना बनाएर निस्केको हुन सक्ने अनुमान सुरक्षाबलले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ