arrow

एसियाली मुलुकको समर्थन गुमाउँदै पाकिस्तान, मुस्लिम देशहरुसँगै सम्बन्ध तनावपूर्ण

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं । पछिल्ला केही सातायता पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको सम्बन्ध खस्कदै गएको छ । खासमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले युएईले इजरायलसँग गरेको शान्ति सम्झौताको आलोचना गर्दैगएपछि दुई मुलुकबीचको सम्बन्धमा चिसिदै गएको हो ।

पाकिस्तानलाई यसको परिणाम महंगो पर्दै गएको छ । युएईमा सानोतिनो अपराधमा संलग्न करिब ५ हजार पाकिस्तानी नागरिकलाई अबुधाबीस्थिती अल स्विुहान जेलमा राखिएको छ । यसबाहेक युएईले अब, काम गर्नका लागि आउने पाकिस्तानी नागरिकहरुका लागि भिसा प्रकृयालाई कठिन बनाउँदै गएको छ । त्यस्तै त्यहाँ बसोबास गर्दै आएका पाकिस्तानी नागरिकहरुलाई बसाई नविकरण गर्न समेत कठिनाइ हुन थालेको छ ।

युएईले पाकिस्तानी नागरिकहरुलाई निकाल्ने (निर्वासनको) हल्ला समेत चलेको छ । यद्यपि यसबारे कुनै आधिकारीक रिपोर्टहरु भने बाहिरिएका छैनन् । सम्बन्ध बिग्रिदै गएका बेला अबुधाबीस्थित पाकिस्तानी राजदूतावासका गुलाम दस्तगीरले युएई स्थापनाका वरिष्ठ नेताहरुसँग भेट गरेका थिए । तर उक्त भेट कुनै प्रभावकारी भने हुन सकेन । 

२०१७ मा अफगानिस्तानको कान्दाहारमा भएको आतंककारी हमलाको अनुसन्धानका लागि पनि युएईले अहिले चाल चलिरहेको हुन सक्ने अुनमान छ । सो हमलामा युएईका ५ कुटनीतिज्ञले ज्यान गुमाएका थिए । युएईका अनुसन्धानकर्ताहरुले सुरुवाती अनुसन्धानबाट उक्त हमलामा हक्कानी नेटवर्क र पाकिस्तानको शक्तिशाली इन्टर—सर्भिस खुफिया जासुसीको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । तर त्यतिबेला इस्लामाबादको प्रतिकृयाले इरानलाई घटनाको जिम्मेवार ठहर्याएको थियो ।

युएई र पाकिस्तानबीचको सम्बन्धमा उग्र तनाब सिर्जना हुनुमा पाकिस्तानको साउदीसँगको निकटता र पश्चिम एसियाली मुलुकहरुसँगको चिसिएको सम्बन्ध पनि हो । पाकिस्तानले नयाँ दिल्लीसँगको सम्बन्धमा दरार सिर्जना गर्न खोज्नु समेत यसको कारण मानिएको छ ।

पाकिस्तानी विदेश मन्त्री शाह मोहम्म्द कुरेशीले साउदी अरेबिया आधारित अर्गानाइजेसन आफ इस्लामिक कर्पोरेसन (ओआईसी) लाई चेतावनी दिँदै भारतले जम्मुकश्मिरबाट धारा ३७० लाई हटाएको बारेमा छलफल गर्न निर्देशन दिएका थिए । ओआईसीले बैठक नबसे आफूले इस्लामिक मुलुकहरु बीचको बैठकको माग गर्दै कश्मिर मुद्दा उठाउने बताएका थिए ।

साउदी अरेबिया र पाकिस्तान बीचको सम्बन्ध ऋणमा अल्झिएको छ । पाकिस्तानले साउदी अरेबियालाई ३ अर्ब ऋण र ३.२ अर्ब तेलको पैसा तिर्नुछ । यसमा पाकिस्तानलाई उधारोमा तेल दिने सम्झौतासमेत साउदीले खारेज गरेको छ । यसबाहेक साउदी अरेबियाले रियादस्थित पाकिस्तानी दुतावासलाई कश्मिर मुद्दामा आधारित कुनै पनि सार्वजनिक सभा एवं कार्यक्रमहरु नगर्न निर्देशन दिएको छ । पश्चिमी एसीयाली मुलुकहरुको सहयोग र साथ पाएको पाकिस्तानलाई साउदी र युएईबीचको बिग्रदो सम्बन्ध तनाबको विषय बनेको छ । 

कयौं आतंककारी घटनाहरुमा संलग्न एवं आतंककारी समुहको सञ्चालन गरेको पाइएको एवं आरोपित पाकिस्तानलाई यस्तो अवस्थामा समेत एसियाली मुलुकहरुले सहयोग र साथ दिँदै आएका थिए । तर, आफ्नै कारण एसियाली मुलुकहरुको साथ र समर्थन गुमाउँदै गएको पाकिस्तानको भविष्य संकटपूर्ण हुँदै जानसक्ने मुस्लिम विश्वलाई नजिकबाट निकालिरहेकाहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ