arrow

बेलायतमा एकै दिन करिब २३ हजार संक्रमित, पाँच सय एकको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
corona-england.JPG

लन्डन । बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका संक्रमित देखिएका बताइएको हो ।

यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती संक्रमितसहित यहाँ कोरोना संक्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ । बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ संक्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो । 

बेलायतमा यसरी एकैदिन यति धेरै संक्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना संक्रमितको मृत्यु भएको बताइएको छ । यो सङ्ख्या बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ । 

पछिल्लो महिना यहाँ संक्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको बताइएको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ । 

जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा संक्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ