arrow

काठमाडौँ उपत्यकामा एघार सय सात संक्रमित थपिए

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
ktm-vally-seen.jpg

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एघार सय सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

 हालसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी संक्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ संक्रमणमुक्त रहेको छ । 

 देशभर पछिल्लो २४ घण्टामा थप उन्नाइस सय पैतालीस जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । 

हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । यो कूल संक्रमितको ११.४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । संक्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ