arrow

साउदीमा संक्रमित हुने भन्दा निको हुने बढेपछि लकडाउन हटाइयो, जनजीवन सामान्य हुँदै

logo
अरशद शेष राई,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
saudi-makka-madina.jpg

साउदी अरेबिया । नोबेल कोरोना भाइरसका महामारीले बिश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त गर्दै अगाडि बढी रहेको छ । बिगत केहि महिनादेखि साउदी अरेबियामा नयाँ भेटिने कोरोना संक्रमितको संख्या भन्दा उपचारपछी निको हुने कोरोना संक्रमितको संख्या दिनप्रति दोब्बर हुँदै गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा शुक्रबार २ सय ८६ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् भने शुक्रबार मात्रै उपचारपछी निको भई घर फर्किनेको संख्या ४ सय ४८ जना रहेका छन् । कोरोना संक्रमणले गर्दा शुक्रबार मात्रै १६ जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार नयाँ भेटिएका संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियाद ७६, हाइल ३०, पबित्र शहर मदिना मुनव्वरा २८, दम्माम १५, ताइफ ११ जना तथा अन्जय शहरमा गरि २ सय ८६ जना संक्रमितहरु भेटिएका हुन् । 

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुने संख्या ३ लाख ५४ हजार ८ सय १३ जना रहेका छन जबकि हाल सम्म उपचारपछि निको भई घर फर्किनेको जम्म संख्या ३ लाख ४२ हजार ४ सय ४ जना रहेका छन । कोरोना भाइरस अर्थात कोभिड १९ ले गर्दा साउदी अरेबियामा हाल सम्म ५ हजार ७ सय ४५ जनाको मृत्यु भइसकेको छ। साउदी अरेबियामा हाल ६ हजार ६ सय ६४ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने ७ सय ९३ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेका साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले आफ्नो देशमा कोरोना भाइरस फैलिन नदिन तथा संक्रमणलाई रोक्न अथक प्रयास गरेपछि धेरै दिनदेखि संक्रमितको संख्या भन्दा उपचारपछी निको हुनेको संख्या बढ्दै गएपछि साउदी सरकारले पूर्ण रुपमा लगाएको लकडाउन समाप्त गरि जनजीवन सामान्य बन्दै गएको छ । साउदी अरेबियाले कोरोना महामारीका कारण बन्द गरेको इस्लाम धर्मावलम्बीहरुको पबित्र स्थल मक्का-मदिन उमराह गर्न आउने बिदेशी तिर्थ यात्रीहरुको लागि पुन: खुल्ला गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ