arrow

चिकित्सकको सुझाव नमानेर उपचाररत छोरा शरिफलाई भेटन् गएकी आमाको लन्डनमै मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
nawazsharif.jpg

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

 उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी ९० वर्षकी थिइन्। उनी केही समययता देखि विरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेको बताइएको छ ।

छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन् ।  उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन्  ।

उनी लन्डनमा पुगेपछि विरामी परेको र उपचार गराइरहेको समाचारमा जनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ