arrow

भारतमा थप ३८ हजार सङ्क्रमित

logo
पिटिआई,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
corona-india1.jpg

नयाँदिल्ली। कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन्। योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन्।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ