arrow

जिल्ला नगरमा जिल्ला बुझेका तिवारी, केन्द्र बुझेका श्रेष्ठ

को होला रिङ इन, को होला आउट ?

logo
प्रकाशित २०७७ मंसिर १० बुधबार
tiwari-shrestha-fncci.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने निर्वाचनको मिति जति नजिकिदैं छ उती नै चुनावी पारो बढ्दो छ। उद्योगी व्यवसायीहरु सम्भावित मतको जोड घटाउमा व्यस्त छन् । बहालवाला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपनि आउने वरिष्ठ उपाध्यक्षसँगै उसको टीममा रहेको को को उम्मेदवार रिङ इन हुने हुन को रिङ आउट हुने हुन् त्यो पनि चासोकै विषय बनेको छ। वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल प्यानलबाट जिल्ला नगर तर्फको उपाध्यक्षका उम्मेद्वारमा गुणनिधि तिवारी छन भने किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठ।

२०६२ सालमा महासंघ प्रवेश गरेर पछिल्लो ७ वर्ष निरन्तर रुपमा जिल्ला नगरतर्फ आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेका तिवारी जिल्ला नगरको समस्या नजिकसँग जुध्दै आइरहेका व्यवसायीको रूपमा परिचित छन्। जिल्ला नगरमा, जिल्ला नगरकै व्यक्तिहरु हुनुपर्छ भन्ने धारणा राखेर चुनावी मैदानमा होमिएका तिवारी आफुले जिल्ला नगरका व्यवसायीहरूको समस्या नजिकबाट बुझेकोले आफ्नो जीत सनिश्चित भएको बताउँदै आएका छन्। महासंघको ५४ वर्षे इतिहासमा जिल्ला नगरबाट एक जनाले मात्र अध्यक्ष बन्ने मौका पाएकोले जिल्ला नगरलाई बलियो बनाएर जान सकियो भने भोलीका लागि नेतृत्वसम्म पुग्न सकिन्छ र त्यो आवश्यक भएको बताउँछन् तिवारी। नेतृत्वले मतदाता फकाउने भन्दा मतदाता रहेका उद्योगी व्यवसायीहरुले नेतृत्व आफै चुन्ने क्षमता राखेका कारण आफु यो चुनावमा रिङ इन हुने हुने विश्वास गर्छन्।

तिवारीले आफुमात्र नभई आफ्नो टीमले ने चुनावमा विजय हासिल गर्ने तर्क गर्छन्। तिवारी अहिले महासंघको लुम्बिनी प्रदेशका संयोजक समेत छन्। जिल्लाबाटै महासंघ राजनीति गरेका तिवारी आफ्नो त्यो पृष्ठभूमी नै विजयको आधार ठान्दछन्। महासंघमा ५० प्रतिशत मत जिल्ला नगरको हुने भए पनि महासंघमा जिल्ला नगरले उचित प्रतिनिधित्व नपाएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन्। तिवारी महासंघमा जिल्ला नगरलाई सम्मानजनक स्थान दिलाउन आफु लागि परेको दाबी गर्छन।

यता गतवर्षको चुनावमा उपाध्यक्ष पदमा झिनो मतले पराजित हुन पुगेका दिनेश श्रेष्ठ आफुलाई जिल्ला नगर नबुझेको भनेर आरोप लगाउने गरेपनि आफूले पूर्व मेचीदेखि महाकालीसम्म पुगेर व्यवसायीका समस्या बुझेरै आएकोले आफु विजय हुनेमा ढुक्क रहेको दाबी गर्छन। २०६८ सालदेखि महासंघका प्रवेश गरेका श्रेष्ठ पनि महासंघका विभिन्न पदमा रहेर काम गरेका व्यक्ति हुन्। श्रेष्ठ अहिले महासंघको वाग्मती प्रदेशका अध्यक्ष हुन्। उनलाई केन्द्रको राजनीति बुझेका तर जिल्ला नगरदेखि टाढा रहेका व्यवसायीका रूपमा चित्रित गर्ने गरिन्छ। विगतको चुनावको नतिजालाई स्वयं श्रेष्ठ पनि स्विकार गर्छन। मतदाताको अभिमतलाई स्विकार गरेर नै आफु तयारीका साथ चुनावी मैदानमा उत्रिएको र आफु यस पटक महासंघको निर्वाचनमा रिङ इन हुनेमा श्रेष्ठ विश्वस्त देखिन्छन्।

प्रधानको समुहमा रहेका श्रेष्ठ आफ्नो प्रभाव भन्दा पनि जिल्ला नगरेको पृष्ठभूमीबाट आएका प्रधानको सहयोगले चुनाव जितिन्छ भन्नेमा छन्। मतदाताले जिल्ला नगर बुझेको व्यक्तिबाट आफ्नो माग र आफ्ना समस्या समाधान गराउन सकिन्छ भन्ने धारणा राख्दा उपाध्यक्षमा तिवारी बलियो प्रतिष्पर्धी देखिन्छन्।तुलनात्मक रूपमा जिल्ला नगरको बारेमा कम जानकारी राख्ने श्रेष्ठ अलि कमजोर प्रतिष्पर्धी रहेको व्यवसायीहरको आंकलन छ। श्रेष्ठ आफ्नो भन्दा पनि अरुका कारण चुनाव जितिन्छ भन्ने पक्षमा देखिन्छन् भने तिवारी आफ्नो धरातलमा आफूलाई बलियो छु भन्छन। महासंघको चुनावी मैदानमा आ आफ्ना दाबी पेश गरिरहँदा को रिङ इन र को आउट हुन्छ त्यसको लागि भने मंसिर १३ कुर्नै पर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ