arrow

चिनियाँ विदेशमन्त्री सक्रिय, सम्वन्ध बलियो बनाउन जापानका प्रम र पूर्वप्रमसँग छलफल

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर १० बुधबार
chinese-foreign-minister-wang-yis.jpg

टोकियो । जापान भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले जापानका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिदा सुगा, पूर्व प्रधानमन्त्री यासुओ फुकुदालगायतसँग भेटवार्ता र छलफल गरेका हुन् । 

उनले बुधबार प्रधानमन्त्री योशिहिदासँगको भेटवार्ताका क्रममा दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ । जापानमा नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदाको आगमनसँगै चीनले अझ उचाइका साथमा दुई देशको सम्वन्ध सुधार गर्न चाहेको वाङले बताएका थिए । 

उनले चीनले जापानलाई विषेश महत्व दिएको पनि प्रधानमन्त्री योशिहिदालाई जानकारी गराएका थिए ।
 
भेटवार्ताका क्रममा उनले दुई देशको सम्वन्ध र सहकार्यलाई नयाँ तहबाट अगाडि बढाउन स्पष्ट मार्गदर्शण होस भन्ने चाहेको पनि बताएका थिए । 

यसैक्रममा जापानका प्रधानमन्त्री योशिहिदाले जापान र चीनको स्थिर सम्वन्ध दुई देशका लागि मात्रै नभई यस क्षेत्र र अन्तर्राष्ट्रिय परिवेशकै लागि अर्थपूर्ण हुने धारणा राखेका थिए । 

आपसी सम्वन्धलाई बलियो र उपलब्धिमुलक बनाउन दुवै देश उत्तिकै जिम्मेबार हुनुपर्नेमा पनि उनले जोड दिएका थिए । 

त्यसैगरी चिनियाँ विदेश मन्त्री वाङले जापानका पूर्व प्रधानमन्त्री फुकुदासँगको भेटवार्ताका क्रममा पनि आपसी सम्वन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा नै कुराकानी गरेका थिए ।
  
उनहरु दुवै जना दुई देशको सम्वन्धलाई अझ घनिष्ट बनाउदै लैजाने गरी अगाडि बढ्न सहमत भएको जनाइएको छ । 

जापानमा नयाँ सरकार आएसँगै नयाँ ढंगले दुई देशको सम्वन्धलाई मजबुद गराउन चाहेको विदेश मन्त्री वाङ्ले बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ