arrow

कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री महदीको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
sudan-sadik-al-murdy-x-pm.jpg

काठमाडौं । सुडानका पूर्व प्रधानमन्त्री सादिक अल महदीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको उनको परिवारले जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । 

उनी तीन हप्तादेखि युएईको अस्पतालमा भर्ना भएका थिए । उनी नेशनल उम्मा पार्टीका अध्यक्षसमेत थिए । उनी यसै नोभेम्वरको सुरुमा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका थिए । उनी सन् १९६६ देखि ६७ तथा सन् १९८६ देखि १९८९ सम्म सुडानका प्रधानमन्त्री भएका थिए । 

सुडानमा अहिलेसम्म १६ हजार ६४९ जनालाई कोरोना लागेको छ । जसमा १ हजार २१० जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ