arrow

जम्मु कश्मिरमा जिल्ला विकास परिषद्को पहिलो चरणको मतदान

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
kashmir-ddc-polls.jpg

जम्मु। भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ। जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन्। स्थानीय समयानुसार विहान सुरु भएको मतदान दिउसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो। केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो।

जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ। सवै चरणका निर्वाचन आगामी डिसेम्बर १९सम्ममा सम्पन्न हुने तालिका रहेको छ।

त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ।

निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिश्पर्धामा उत्रिएका छन्। निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ-आफ्ना उम्मेदबारहरु प्रतिश्पर्धामा उतारेका छन्।

मतदानका क्रममा कोरोनाभाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ। स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिए।

निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सवै व्यवस्थापन पर्याप्त रुपमा गरिएको छ, शर्माले भने। उनका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पुरा गरिएको छ।

जम्मु र कश्मिरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारी सम्वन्धी सवै पक्षमा समिक्षा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ