arrow

भारतमा दुई हप्ताभित्र कोरोना भाइरसको भ्याक्सिन

logo
प्रकाशित २०७७ मंसिर १४ आइतबार
covishild.jpg

काठमाडौं । भारतमा दुई हप्ताभित्र कोरोना भाइरसको भ्याक्सिनको प्रयोग हुने भएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन टुर गरेपछि पुणेमा कार्यक्षेत्र रहेको सिरम इस्टिच्यूट अफ इन्डिया (एसआइआइ) का सीइओ अदार पुनावालाले भ्याक्सिनको तयारीका बारेमा बताएका हुन् । 

उनले आगामी दुई हप्तामा कोविशिल्डको इमरजेन्सी प्रयोगका लागि आवेदन गरिने बताएका हुन् । भारतमा पाँच भ्याक्सिनमाथि काम चलिरहेको छ । यसमा सीआईआईले कोविशिल्ड बनाइरहेको छ । कोविशिल्डलाई अक्सफोर्ड युनिभर्सिटी र फार्मा कम्पनी एस्ट्राजेनेकाले मिलेर बनाएका हुन् । यो भ्याक्सिन भारतमा अन्तिम चरणमा ट्रायलको रुपमा रहेको छ । 

पुनावालाले पत्रकार सम्मेलनमा आत्मनिर्भर भारतलाई ध्यानमा राखेर काम गरेको बताएका छन् । भ्याक्सिनको फेज–३ ट्रायलमाथि प्रश्न उठेपछि पुनावालाले आफूहरु प्रक्रियामै रहेको बताएका छन् । 

पुनावालाले ३०० लेखि ४०० मिलियन डोजमाथि विचार भइरहेको बताएका छन् । कोविशिल्डको प्रयोगले मृत्युदर घट्नुका साथै अस्पताल जानुपर्ने सम्भावना शून्य प्रतिशतमा झर्ने बताएका छन् । 

यसको प्रयोगले भाइरसको असर ६० प्रतिशत कम हुने पनि बताइएको छ । कोविशिल्डको ग्लोबल ट्रायलमा अस्पताल भर्ना शून्य प्रतिशत रहेको पनि पुनावालाले बताएका छन् । 

पहिले यो ६२ प्रतिशतमात्र प्रभावकारी देखिएकामा दोस्रो फेजमा ९० प्रतिशत प्रभावकारी देखिएको थियो । औसतमा ७० प्रतिशत प्रभावकारी रहेको पनि एसआईआईका कार्यकारी निर्देशक सुरेश जाधवले हालै दावी गरेका थिए । 

यो जनवरीदेखि हरेक महिना ५–६ करोड भ्याक्सिन बनाइने पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ