arrow

पाकिस्तानमा सरकारविरुद्ध मुल्तानमा ठूलो र्‍याली

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
pak-protest.jpg

काठमाडौं। पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पाकिस्तान डेमोक्र्याटिक मुभमेन्ट—पीडीएम)ले आज, इमरान खान सरकारविरुद्ध मुल्तान सहरमा र्‍याली आयोजना गरेको छ। पार्टी अध्यक्ष मौलाना फजल उर रहमानले जुनसुकै हालतमा पनि इमरान खानसरकारविरुद्ध आज मुल्तानमा र्‍याली निकालिने बताएका छन्।

तर, मुल्तान प्रशासनले भने पीडीएमको सार्वजनिक भेला हुने भनिएको कसिम बाग स्टेडियमको विद्युत अवरोध गरिदिएको छ। पीडीएमका कार्यकर्ताहरुले यसअघि सरकारविरुद्ध र्‍याली निकाल्न उक्त स्टेडियममा भेला हुने तयारी गरिसकेका थिए।

यसबाहेक पीडीएमसँगै पाकिस्तान पिपुल्स पार्टी (पीपीएम), पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन)का कार्यकर्ता एवं अध्यक्षहरु समेत र्‍यालीमा सहभागि हुँदै छन्।

तर, खान सरकारले र्‍याली हुन नदिनका लागि हिजो अस्तिदेखि नै राजनीतिक उच्चअधिकारीहरुमाथि क्र्याकडाउन सुरु गरेको थियो। पीएमएल एनका उपाध्यक्ष मार्यम नवाजले समेत र्‍यालीमा सहभागिता जनाउँने बताएका छन्।

आज, (३० नोबेम्बर) मा मुल्तान सहरमा आयोजवना गरिएको र्‍याली शुरु हुन नदिन खान सरकारले अनेकौं रणनीति अपनाएको छ। शान्त प्रदर्शन गरिरहेका विपक्षी दलका कयौं कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम खान सरकारले नरोकेपछि र्‍याली सहित प्रदर्शन भइरहेको हो।

यसबाहेक पाकिस्तान स्टिल मिलका करिब ४ हजार ५ सयभन्दा बढी कर्मचारीहरुलाई खान सरकारले हटाएको छ। यसविरुद्ध समेत  पीपीपीका अध्यक्ष बिलावल चुट्टो जरदारीले आवाज उठाएका छन्।

यसरी हजारौं मानिसहरुलाई बेरोजगार बनाउँने खान सरकार निर्दही रहेको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ