arrow

इमरान खान नेतृत्वको सरकार निर्दयी रहेको भन्दै पाकिस्तानमा विशाल र्‍याली

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
pakistan-opposition-politic.jpg

काठमाडौं। पाकिस्तान लोकतान्त्रिक आन्दोलन पीडीएमले इमरान खान सरकारविरुद्ध पाकिस्तानका शहरहरुमा विशाल र्‍यालीहरुको आयोजना गरिरहेको छ । पार्टी अध्यक्ष मौलाना फजल उर रहमानले जुनसुकै हालतमा पनि इमरान खानसरकारविरुद्ध मुल्तान लगायतका शहरुहरुमा र्‍याली निकालिने बताएका छन् । तर, मुल्तान प्रशासनले भने पीडीएमको सार्वजनिक भेला हुने भनिएको कसिम बाग स्टेडियमको विद्युत काटिदिएको छ । 

पीडीएमका कार्यकर्ताहरुले यसअघि सरकारविरुद्ध र्‍याली निकाल्न उक्त स्टेडियममा भेला हुने तयारी गरिसकेका थिए । यसबाहेक पीडीएमसँगै पाकिस्तान पिपुल्स पार्टी (पीपीएम), पाकिस्तान मुस्लिम लिग नवाज(पीएमएल एन)का कार्यकर्ता एवं अध्यक्षहरु समेत र्‍यालीमा सहभागि हुँदैछन् । तर, खान सरकारले र्‍याली हुन नदिनका लागि उच्च राजनीतिक नेतृत्वलाई पक्रन सुरु गरेको थियो । पीएमएल एनका उपाध्यक्ष मार्यम नवाजले समेत र्‍यालीमा सहभागिता जनाउने बताएका छन् ।

३० नोभेम्बरमा मुल्तान सहरमा आयोजना गरिएको र्‍याली सुरु हुन नदिन खान सरकारले अनेकौं रणनीति अपनाएको छ । शान्त प्रदर्शन गरिरहेका विपक्षी दलका कयौं कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम खान सरकारले नरोकेपछि र्‍याली सहित प्रदर्शन भइरहेको हो ।

यसबाहेक पाकिस्तान स्टिल मिलका करिब ४ हजार ५ सयभन्दा बढी कर्मचारीहरुलाई खान सरकारले हटाएको छ । यसविरुद्ध समेत  पीपीपीका अध्यक्ष बिलावल जरदारीले आवाज उठाएका छन् । यसरी हजारौंं मानिसहरुलाई बेरोजगार बनाउने खान सरकार निर्दयी रहेको उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ