arrow

क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
croatia_prime_minister.jpg

बेल्ग्रेड । क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । 

उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले उन दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।  
 
अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उनले घरबाटै आफ्ना कामहरु गरिरहेको पनि अधिकारीहरुले बताएका छन् । 

उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ