arrow

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
antonio_guterres-us-general-secretary.jpg

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई आग्रह गरेका हुन् ।

रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको दावी गरे ।
 
रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन हुने गरेको पनि उनले स्मरण गराएका छन् ।

“कुनैपनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,” उनले लेखेका छन् । 

उनले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुनेमा पनि जोड दिए । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।

उनले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराए । 

सन्देश मार्फत उनले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ