arrow

चिनियाँ रक्षामन्त्री फेङले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धता

logo
क्रिस्टिन हुआंग,
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
PM-Meet-chinese-minister-wei-fenghe.jpg

काठमाडौं। सानो हिमाली छिमेकी भारतसँग सीमा विवादको अवस्थामा रहेका बेला चीनले नेपालाई सैन्य सहयोग एवं क्षेत्रीय सुरक्षाको वाचा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र सेना प्रमुख पूर्णचन्द्र थापासँगको भेटघाटका क्रममा चिनियाँ रक्षामन्त्री वेई फेङले यस्तो वाचा गरेका हुन्। नेपाल र चीनबीचको सम्बन्ध रणनीतिक सहयोगीका रुपमा स्थापित भएपछि वेई अर्को चिनियाँ लिडर हुन् जसले औपचारिक रुपमा नेपालको भ्रमण गरे। बयसअघि सन् २०१९ को अक्टोबर राष्ट्रपति सि जिनपिङले नेपालको भ्रमण गरेका थिए।

नेपाली सेनाले जारी विज्ञप्तीमा कोरोना भाइरसको माहामारीका कारण रोकिएका तालिम एवं विद्यार्थी साझेदारी र रक्षा सहयोगलाई पुनसञ्चालन गर्ने विषयमा दुईपक्षबीच छलफल भएको उल्लेख गरिएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाद्वारा जारी एक रिपोर्टमा वेईले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सुरक्षाका लागि दृढतापूर्वक सहयोग गर्ने बताएका छन्। भ्रमणका क्रममा वेईले भने,‘चीनले नेपालसँग घनिष्ट सञ्चार,गहन व्यवहारिक सहयोग सञ्चालन गर्ने र नेपाली सेनाका लागि सहयोग र सहकार्य निरन्तर प्रदान गरेर दुई देशको हितका लागि काम गर्नेछ।’

चिनियाँ रक्षामन्त्रीको भ्रमणले नेपाल र चीनबीचको सैन्य सम्बन्धलाई अझैं नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गरिएको छ। भ्रमणका क्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए। भारतीय विदेश सचिव हर्षबर्द्धन श्रींगलाले आफ्नो दुई दिने नेपाल भ्रमण सक्काएको अर्काे दिन वेई नेपाल पुगेका हुन्।

नेपाल भ्रमणका क्रममा उनले आफ्ना समकक्षी भरतराज पौड्यालसँग कालापानी सीमा विवादका विषयमा भेटवार्ता गरेका थिए। कालापानी भारतीय प्रशासनको कब्जामा रहेको छ। तर, नेपालले सन् १९९७ देखि यहाँ आफ्नो दाबी पनि गर्दै आएको छ। नेपाल भारतले १ हजार ८ सय ८० किलोमिटर सीमा साझेदारी गर्छ। 

चीन र भारतबीच पनि सीमा विवाद कायम नै रहेको छ। यसअघि जुनमा हिंसात्मक संघर्ष भएको थियो, जसमा २० जना भारतीय सेनाले ज्यान गुमाएका थिए। काठमाडौंको नेपाल अन्तराष्ट्रिय तथा रणनीतिक अध्ययन संस्थानका निर्देशक भाष्कर कोइरालाले भने, ‘चीन र नेपालबीचको घनिष्ठ सम्बन्धले दुवै देशको रणनीतिक आवश्यकता पूरा गर्नसक्छ।’

‘चीनले भौगोलिकरुपमा निकै महत्वपूर्ण देशसँगको सैन्य सहकार्य गर्न राम्रो खोजी गर्छ र नेपाली आर्मीले पनि पिपुल्स लिब्रेसन आर्मी अर्थात विश्वकै शक्तिशाली सेनासँग सहकार्य गर्नका लागि यो ठूलो अवसर हो,’ कोइरालाले भने। यसले भारतलाई केही असहज महशुस गराए पनि दुई विशाल मित्रहरुको मित्रवत सम्बन्धले क्षेत्रीय शान्ति र स्थिरताको व्यवस्थापन गराउने कोइरालाको भनाइ छ।

सिचुआनस्थित छेंग्दु विश्व मामिला थिंक ट्याक संस्थानका अध्यक्ष लंग छिंग्चु भन्लंग छिंग्चुले,‘चीन र नेपालबीचको निकट सम्बन्धले नेपाललाई अर्थव्यवस्था विकास गर्न बढी छनोटहरुको अवर मिल्ने’ बताएका छन्। भारतले नेपाललाई यसको प्रभावको क्षेत्र मान्छ तर, एक सार्वभौम देशका रुपमा चीन र जापानजस्ता अन्य देशहरुसँगको सम्बन्ध विस्तार गर्ने अधिकार नेपाललाई छ।

नेपाल चीन रेलमार्गको निमार्ण सकिएपछि यसले नेपालको अर्थव्यवस्था विकास र अन्तराष्ट्रिय बजारमा विस्तार हुन मद्दत गर्ने, छिंग्चुले बताए। चीन र नेपाल दुवैको सहमतिमा सन् २०१९ मै दुईदेशबीचको रेलमार्ग निमार्ण सम्भाव्यताको अध्ययनको सम्भौता भएको थियो। ट्रान्स हिमालयन बहुआयामीक कनेक्टिविटीका नेटवर्कका रुपमा सन् २०३५ भित्र बेल्ट एण्ड रोड इन्सिएटिभ अन्तर्गत यो परियोजना सक्ने सम्झौता भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ