जम्मु-कश्मिरमा आतंककारीहरुको घुसपैठको प्रयास जारी : भारतीय सेनाप्रमुख नरवणे
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १७ बुधबार
841
Shares
काठमाडौं। भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले जम्मु-कश्मिरमा प्रजातान्त्रिक स्थितलाई भड्काउनका लागि आतंककारीहरुले प्रवेश गर्न नयाँबाटो खोजिरहेको बताएका छन्।‘पश्चिमी सीमामा जारी विवादका बेला आतंककारीको जोखिम जारी छ। जम्मु-कश्मिरमा सामान्य लोकतान्त्रिक प्रकृयामा बाधा पुर्याउनका लागि आतंककारीहरुले घुसपैठको भरपुर प्रयास गरिरहेका छन्,’ उनले भने।
जम्मु-कश्मिरमा धारा ३६० को खारेजि पछि गरिरहेको पहिलो सर्वक्षेणका बेला सेनाप्रमुख नरवाणेले यस्तो धारणा राखेका हुन्। पहिलो चरणको पहिलो चुनावका बेला जिल्ला विकास परिषद् (डिडिसी)को शनिबार करिव ५२ प्रतिशत मतदान भएको छ। कुलगाम जिल्लामा केही ढुंगा प्रहारको घटनाबाहेक मतदान शान्तपूर्ण रहेको भारीय सञ्चार माध्यमले जनाएको छ।
यसबाहेक अहिले हिँउका कारण आतंककारीहरुले उत्तरीक्षेत्रबाट प्रवेश गर्न नपाइरहेका बेला पश्चिमी सीमाको दक्षिणी क्षेत्रबाट प्रवेश गर्न खोजिरहेको नरवाणेले बताएका हुन्। पछिल्ला तीन महिनामा भारतीय सुरक्षा बलले जम्मुको साम्बा सेक्टरमा दुई सुरुङहरु फेला पारेका छन्। पहिलो सुरुङ गत अगस्त २९ मा फेला परेको थियो जुन सीमा सुरक्षा बल (बीएसएफ)ले फेला पारेको थियो।
त्यस्तै गतहप्ता जम्मुको नगरकोट शहर नजिक दोहोरो फायरिङमा बान टोल प्लाजामा चार आतंककारी मारिएका थिए।