arrow

अमेरिकीहरुलाई सय दिनका लागि मास्क लगाइदिन बाइडेनको आग्रह

एकैदिन बढे अहिलेसम्मकै बढी संक्रमित र मृतक

logo
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
joe-biden3.jpg

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सय दिनका लागि मास्क लगाइदिन अमेरिकीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी कम गर्न उनले अनुहार छोप्नका लागि विनम्रपूर्वक आग्रह गरेका हुन् । 

सीएनएनसँग बाइडेनले यदि अमेरिकीले अनुहार छोपेका छन् भने कोरोनाको घटनामा उल्लेखनीय कटौती आउने पनि उनले विश्वास गरेका छन् । 

बाइडेनले अमेरिकी सरकारले सबै सरकारी कार्यालयमा मास्क लगाउने आदेश दिने पनि बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले सधैका लागि नभई मात्र सय दिनका लागि साथ दिन आग्रह गरेका छन् । 

अमेरिकामा हाल १ करोड ४५ लाख ३४ हजार ६०६ कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म २ लाख ८२ हजार ८२८ जनाको ज्यान गइसकेको छ । 

बिहीबार मात्रै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । एकैदिन अमेरिकामा दुई लाख १७ हजार ९८६ संक्रमित थपिएका छन् । एकै दिन २ हजार ९१५ जनाको ज्यान गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ