arrow

भारतले एक लाख टन चामल चीन निर्यात गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
rice-pure.jpg

काठमाडौं। चीनले करिब ३ दशकपछि पहिलो पटक भारतबाट चामल आयात गर्ने भएको छ। बजारीकरणको समस्या र भारतले दिएको भारी छुटका बेला चीनले भारतीय चामल आयात थालेको उद्योगीहरुले रोयटर्सलाई बताएका छन्। भारत विश्वकै ठूलो चामल निर्यातकर्ता हो भने, चीन सबैभन्दा ठूलो आयातकर्ता हो। चीनले प्रत्येक वर्ष ४० लाख टन चामल आयात गर्छ। तर, गुण्स्तरको समस्या देखाउँदै भारतबाट आयात गर्न छोडेको थियो।

हिमालय क्षेत्रमा भारत र चीनबीच सीमा विवादका बेला चीनले भारतबाट चामल आयात थालेको हो। चामल निर्यातकर्ता संघका अध्यक्ष बीवी कृष्ण रावलले भने, ‘पहिलो पटक चीनले भारतीय धान खरिद गर्‍यो, भारतीय खेतीको गुणस्तर हेरेपछि उनीहरुले आगामी वर्ष खरिद बढाउन सक्छन्।’

भारतीय व्यापारीहरुले १ लाख टन चामल निर्यातका लागि सम्झौता गरेका छन्। डिसेम्बरदेखि फेब्रुरीसम्मका प्रति टन ३ सय डलरका दरले भारतले चामल चीनलाई बिक्री गर्ने भएको हो।

यसअघिका  चिनियाँआपुर्तिकर्ताहरु थाइल्याण्ड, भियतनाम, म्यानमार र पाकिस्तानबाट आपुर्ति निश्चित गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ