arrow

कोरोना पछि चीनको बारे अमेरिकी धारणा बढी नकारात्मक हुँदै :सर्वेक्षण

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
china-US-trade-war.jpg

काठमाडौं। धेरैजसो अमेरिकीहरुले कोरोना भाइरसको संक्रमणका लागि चीनलाई दोषी मान्दै आएका छन्। ‘इकोनोमिस्ट यु गोभ’को एक सर्वेक्षणले करिब दुई तिहाइले कोरोना भाइरसको संक्रमण फैलिनुको जिम्मेवार चीनलाई मान्ने गरेको पाइएको छ। सर्वेक्षणका क्रममा सबैजसो रिपब्लिकनहरुले कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिनुको जिम्मेवार चीन रहेको बताएका थिए, भने ४४ प्रतिशत डेमोक्रयटहरुले पनि चीनलाई नै जिम्मेवार रहेको बताएका थिए।

सर्वेक्षणका क्रममा मानिसहरुलाई ‘के कोरोना भाइरसको महमारी फैलिनुमा चीनलाई जिम्मेवार ठान्नु हुन्छ ?’ भन्दै प्रश्न गरिएको थियो। प्रश्नको जवाफमा डेमोक्र्याट्समध्ये— १४ प्रतिशत पक्कै हो, ३० प्रतिशतले हुनसक्छ, २६ प्रतिशतले हुनसक्दैन र १८ प्रतिशतले हुँदै हौइन भनेका थिए।

त्यस्तै स्वतन्त्रतर्फका— ३९ प्रतिशतले पक्कै हो, ३० प्रतिशतले हुनसक्छ, १७ प्रतिशतले हुनसक्दैन् र १४ प्रतिशतले बेलकुल हैन भनेका थिए। रिपब्लिकनतर्फका भने— ६४ प्रतिशतले पक्कै हो, २२ प्रतिशतले हुनसक्छ, ९ प्रतिशतले हुनसक्दैन र ५ प्रतिशतले बेलुकुल हैन भनेका छन्।

पछिल्लो समय अमेरिकामा चीनप्रतिको नकारात्मक धारणा बढ्दै गएको हो। यसअघिको एक सर्वेक्षणमा एक तिहाइ अमेरिकनले मात्रै चीन साथि या मित्रवत् देश बन्नसक्ने बताएका थिए। तर, ट्रम्प प्रशासनको कडाइपछि र चीनका पछिल्ला घटनाक्रमपछि अचेल अमेरिका ४ जनामध्ये १ जनाले मात्रै चीनप्रति सकारात्मक धारणा राख्ने गरेको पाइएको छ।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष गरिएको एक पोलमा १७ प्रतिशतले मात्रै चीनप्रति सकारात्मक धारणा राखेको पाइएको छ। त्यसपछि गत महिना गरिएको पोलमा भने १२ प्रतिशतमा यो संख्या झरेको छ।

यद्यपि जोय बाइडेन प्रशासनका बेला चीन र अमेरिकाबीचको सम्बन्ध केही सुधार हुनेमा विश्वास गर्नेको संख्या पनि बढेको पाइएको छ। ५ मध्येका २ भोटरले बाइडेन प्रशासनका बेला चीन र अमेरिकाबीचको सम्बन्ध सुधार हुनेमा विश्वास गर्छन्।

बाइडेन प्रशासनका बेला सम्बन्ध सुध्रिनेमा ६७ प्रतिशत डेमोक्र्याट्स, २९ प्रतिशत स्वतन्त्र र १५ प्रतिशत रिपब्लिकनले विश्वास गरेको पोलबाट देखिएको छ।

नोटः यो तथ्यांक ‘यु गोभ’ले गरेको एक सर्वेक्षणमा आधारित छ। यसैवर्ष (सन्२०२०)को नोबेम्बर २१ देखि २४ सम्मा १५ सय जनामाथि सर्वेक्षण गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ