arrow

सैन्य पोशाकमा आत्मनिर्भर बन्दै भारत

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर २० शनिबार
army-uniform-india.jpg

नयाँ दिल्ली। भारतको सैन्य पोशाकका लागि प्रयोग हुँदै आएको चिनियाँ र विदेशी कपडालाई हटाउन रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले भारतीय कपडा उद्योगलाई धागो उत्पादन गर्न शुरु गरेको छ। जसले चिनियाँ र विदेशी कपडामाथिको निर्भरता अन्त्य गर्न विश्वास लिएको छ।

डीआरडीओमा उद्योग ईन्टरफेस र टेक्नोलोजी म्यानेजमेन्ट (डिआइटीएम) का निर्देशक डा. मयंक द्विवेदीले भारतीय सेनाको गर्मी मौसमको पोशाकमा कपडाको अनुमानित आवश्यकता ५५ लाख मिटर भएको बताए। यदि नौसेना, वायुसेना र प्यारा मिलिटरी र केही थपिएका सेनाहरु लगाउँदा १.५ करोड मिटर प्रतिवर्ष आवश्यक पर्छ।

"हामी हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गरेको आत्मनिर्भर भारत अभियानको आह्वानलाई सहयोग गरिरहेका छौं। भारतका सबै उत्पादनहरुमा र विशेष गरी रक्षा उत्पादनहरुमा आत्मनिर्भरताका लागि हामी काम गरिरहेका छौं। हामी यार्न र फेब्रिकलाई सशस्त्र बलका लागि एक समान बनाउनको लागि भारतमा धागो उत्पादन गरिरहेका छौं। यो भारतका लागि ठूलो उपलब्धी हुनेछ। किनकि यसले हामीलाई आत्मानिरभर भारततर्फ एक कदम अगाडि बढ्न मद्दत पुर्‍याउँछ," डा मयंक द्विवेदीले एएनआईलाई भने।

उन्‍नत कपडा भविष्यको प्याराशूट र बुलेटप्रुफ ज्याकेटको आवश्यकताको लागि पनि प्रयोग गर्न सकिन्छ। डीआईआईटीएम निर्देशकले डा. मयंकले ग्लास फेब्रिक, कार्बन कपडा, अरमीड कपडा र उन्‍नत सिरामिक कपडाजस्ता प्राविधिक कपडाहरूको दायरा रक्षा क्षेत्रमा बृहत रहेको छ। अहमदाबाद र सूरतका केही उद्योगहरूले रक्षा अनुप्रयोगहरूमा प्रयोग भइरहेको उन्‍नत कपडाको निर्माण गरिरहेका छन्।

सेप्टेम्बर १७ मा सूरतको उद्योगहरुका साथ भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित भर्खरको डिजिटल संवादमा उद्योगले सामना गर्नुपरेका चुनौतीहरुको प्रक्षेपण गरिएको थियो। कुराकानीको क्रममा डा. द्विवेदीले रक्षा क्षेत्रको कपडाको क्षेत्रमा अवसरहरूको बारेमा कुरा गरे। उनले भारतीय सशस्त्र बलमा प्रयोग हुने अग्रिम कपडाका सामग्री र कपडाका विभिन्‍न सम्भावनाहरूमा आफ्ना विचार व्यक्त गरे।

"हामी रकेट मोटर्स र मिसाइल प्रणालीका लागि कम्पोजिट स्ट्रक्चरको लागि टेक्निकल टेक्सटाइल बनाउने काम गरिरहेका छौं। हामी बुलेट प्रूफ ज्याकेटमा टेक्निकल टेक्स्टाइल पनि प्रयोग गर्दैछौं।" उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ