arrow

साउदी र युएई भ्रमणमा मनोज मुकुन्द नरवणे

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
manoj-mukund-naravane.jpg

काठमाडौं। भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणे साउदी अरेबिया र युनाइटेड अरब एमिरेट्सको भ्रमणमा आइतबार (आज) जाने भएका छन्। ४ दिने भ्रमणमा जान लागेका सेनाप्रमुख नरवणे सुरुमा साउदी लागि रियाद पुग्ने छन्। भारतीय सेनाप्रमुखको यो पहिलो एसियाली खाडी मुलुकको भ्रमण हो। भ्रमणका क्रममा सेना प्रमुख नरवणेले साउदी राष्ट्रिय रक्षा विभागमा सम्बोधन गर्ने र सेनाप्रमुखसँग भेटवार्ता गर्ने बताइएको छ।

भारतीय सम्बन्धलाई सुमुधुर बनाउने क्रममा यअघि यसै महिना सेनाप्रमुख नरवणेले नेपाल र म्यानमारको भ्रमण गरिसकेको छन्। साउदी भारतको एक महत्वपूर्ण व्यापारीक साझेदार हो। १७ प्रतिशत तेल र ३२ प्रतिशत एलपीजीका लागि भारत साउदीसँग सहकार्य गर्दै आएको छ।

यसै वर्षको नोभेम्बरमा युएई र भारतबीच आर्थिक सम्बन्ध सुधारका लागि उचितलगानीको वातावरण निर्माण गर्ने विषयमा सम्झौता भएको थियो। नोभेम्बरमा मात्रै भारत र युएईबीच ८ उच्चस्तरीय भर्चुअल वार्ता एवं सम्मेलन भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ